धनगढी, ६ फागुन । दाइको विवाहका लागि चितवनबाट माघ २० गते धनगढी आएका युवा सम्पर्क बिहिन भएका छन । चितवनमा अध्ययनरत धनगढी उपमहानगरपालिका – ५ हसनपुरका २२ बर्षिय रघुनाथ ओझा १६ दिन अगाडी चितवनबाट घरका लागि हिडेका थिए ।
रघुनाथका दाई खेम राज ओझले माघ २७ गते घरमा विवाहका लागि आएका भाइ अहिले सम्म परिवारको सम्पर्कमा नआएको बताए । उनले आफन्त भएका सबै ठाउँमा खोजी गरे पनि नभेटिएको बताए ।जिल्ला प्रहरी कार्यालयमा पनि खोजीका लागि निवेदन दिएको उनले बताए ।
उनका भतिजा महेश ओझले एक पटक फेसबुक मार्फत कैलाली पुगेको जानकारी गराएपनि त्यसपछि सम्पर्क नभएको बताए ।
‘मोबाईल नम्बर अफ छ । फेसबुकमा अनलाइन देखाएपछि कुरा गर्दा म कैलाली पुगे मलाई बन्धक बनाएर राखिएको छ भनेका थिए । त्यसपछि कुरा गर्दा मेसिजको रिप्लाई पनि गरेको छैन’ उनले भने ‘प्रहरीमा पनि २ पटक निवेदन दिइसक्यौ कुनै पत्तो लागेको छैन ।’
उता जिल्ला प्रहरी कार्यालय कैलालीले भने उनको खोजी कार्य जारी रहेको जनाएको छ ।
