काठमाडौं,२९ माघ । गठबन्धनका शीर्ष नेताहरु अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमती जुटाउन असफल भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुले छलफल गरेपनि सहमती जुट्न नसकेको हो ।
भेटमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच एमसीसी संसदबाट अनुमोदन गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
प्रचण्डको सचिवालयका अनुसार एमसीसीमा शीर्ष नेताहरुबीच सहमती जुट्न सकेन् । फागुन २ गतेको संसद बैठक सार्ने विषयमा पनि छलफल भएको बुझिएको छ । नेकपा एमालेले २ गतेको बैठक सञ्चालन नगर्न आग्रह गरेपछि प्रचण्ड र नेपालले ४ गते बैठक राख्न सकिने सुझाव दिएका छन् ।
