काठमाडौं,२९ माघ । सूर्य चुनाव चिह्नबाट गत संघीय संसदको चुनावमा जित हातपारेका हृदयश त्रिपाठीले नयाँ दल दर्ताको लागि निवेदन दिएका छन् ।उनले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि निर्वाच आयोगमा निवेदन दिएका हुन् । दल दर्ताका लागि त्रिपाठीले शुक्रबार निर्वाचन आयोगमा निवदेन दिएका छन् ।
उक्त पार्टीका महासचिव ईश्वरदयाल मिश्रका अनुसार पार्टीको विधान, घोषणापत्र लगायत कार्यसमिति सदस्यको हस्ताक्षर र अन्य कागजातसहित दल दर्ताको निवेदन दिएका छन् । ३० सदस्यीय कार्यसमितिमा रहेका १५ जनाले सनाखतसमेत गरेका छन् भने अन्यले आइतबार गर्ने उनको भनाइ छ ।
जनता प्रगतिशील पार्टीको वरिष्ठ उपाध्यक्षमा डा। शिवजी यादव र तीनजना उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ छन् । महासचिवमा मिश्रका साथै डा। भरतकुमार थापा रहेका छन् ।