धनगढी २७ माघ/नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा सुदूरपश्चिम प्रदेशको भ्रमणमा पुगेका छन् । भ्रमाका क्रममा सेनापति शर्माले बिहिबार धनगढीमा उनीहरुले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानून मन्त्रीसँग भेट तथा छलफल गरेका छन्।
शर्मा आजै हेलिकोप्टरमार्फत दार्चुुला उडेका छन् । प्रधानसेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र उपसचिव पनि धनगढी पुगेका छन् । शर्माले भेटमा प्रदेशको सुरक्षा अवस्था लगायत सुरक्षा चुनौती र विपद्को समयको समन्वयका बारेमा छलफल भएको बताइएको छ ।
यस्तै सुदूरपश्चिममा सेनाको अबको काम तथा योजनाबारे पनि छलफल गरिएको छ। यसअघि दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माण कार्यको जिम्मेवारी समेत नेपाली सेनालाई दिइएको थियो। नेपाल सरकारले माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकबाट सेनालाइ उक्त निर्माण कार्य गराउन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको थियो।