धनगढी, २४ माघ/नेकपा एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा लक्ष्मण पन्त चयन भएका छन् । सोमबार प्रेस चौतारी कञ्चनपुरको सातौं जिल्ला अधिवेशनले पन्तको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा होमनाथ योगी, महिला उपाध्यक्ष लक्ष्मी सेठी, सचिव मदन गिरी, सह–सचिव दिनेश चन्द्र ओझा, सह–सचिव समावेशी धन बहादुर विक, कोषाध्यक्ष धन बहादुर बोहरा चयन भएका छन् ।त्यसैगरी सदस्यहरु रजनी राना, ओम प्रकाश पाण्डेय, सुरेश भट्ट, केशव भट्ट, कमला भट्ट, तारा कुमारी भट्ट, दिनेश चौधरी, बासुदेव भट्ट र प्रदिप रानागरी १७ सदस्यीय पन्तको नेतृत्वमा समिति चयन गरिएको हो ।
त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधीका लागि गणेश दत्त ‘जी भट्ट’ , कोमल निरञ्जन भाट, भवानी भट्ट, धर्मा रोकाया चयन भएका हुन । प्रदेश अधिवेशन प्रतिनिधीका लागि बासुदेव धामी (विमल), विमल वि।क।, सरोज धामी, हरिशचन्द्र बाग, रामचन्द्र कुस्मी, यमकला पाण्डेय चयन भएका हुन ।