धनगढी,२४ माघ । धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ले कपाल प्रत्यारोपण सेवा सुरु गरेको छ । २२ माघबाट अस्पतालले कपाल प्रत्यारोपण सेवा सुरु गरेको निसर्ग हस्पिटलले जनाएको छ ।
छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ तथा कपाल प्रत्यारोपण सर्जन डा.विपिन भट्टचन र छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ तथा सह–प्राध्यापक डा।सुमित पाण्डेयको टोलीले कपाल प्रत्यारोपण सेवा सुचारु गरेको अस्पतालले जनाएको छ ।