धनगढी, २३ माघ । बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढिगंगा नगरपालिका–६ बाम्का नजिकै मोटरसाइकल दुर्घटना हुँदा अछामका बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरीका अनुसार शनिबार राति फालासैनबाट बाम्का जाँदै गरेको सुपप्र ०१००८ प ४०५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रि भई दुर्घटना भएको हो। दुर्घटनामा त्रिवेणी नगरपालिका–४ का गगन साउँद गम्भिर घाईते भएका र उनको अछामको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ।
