काठमाडौँ,२० माघ । लोक सेवा आयोगले कोरोना महामारीका कारण स्थगित परीक्षा फागुन ६ गतेदेखि संचालन गर्ने भएको छ। आयोगको बुधबार बसेको बैठकले परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने निर्णय गरेको हो।
उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहका विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ देखि सुरू गर्ने आयोगले सूचनामा उल्लेख गरेको छ ।
