• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिममा अझैं कुष्ठरोगको चुनौति, बर्षिक तीन सय नयाँ बिरामी बढ्दै

धनगढी, १६ माघ/नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको एक दशक बढी भइसकेको छ, तर सुदूरपश्चिम प्रदेशमा भने अझैं पनि कुष्ठरोगको चुनौति कायमै रहेको छ ।सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा नै वर्षेनी नया“ कुष्ठरोगी पहिचान हुने क्रम जारी रहेको छ । प्रदेशमा वर्षेनी दुई सयदेखि तीन सय नयाँ कुष्ठरोगीहरूको पहिचान भइरहेको तथ्याङ्कले देखाएको छ ।

सुदूरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ मा कुष्ठरोगीहरूको सङ्ख्यामा केही कमी आए पनि गत आर्थिक वर्ष २०७७÷७८ मा पुनः कुष्ठरोगीहरूको सङ्ख्यामा बृद्धि भएको छ ।स्वास्थ्य निर्देशनालय, दीपायलका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७४÷७५ मा दुई सय ९८ नया“ कुष्ठरोगीहरू थपिएका थिए । त्यसको अर्को वर्ष २०७५÷०७६ मा नयाँ रोगीहरूको सङ्ख्यामा केही कमी आएर दुई सय ५४ मा झरेको थियो । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशमा एक सय ३७ जना नयाँ कुष्ठरोगी थपिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ । प्रदेशमा दुई आर्थिक वर्षको अवधिमा नयाँ कुष्ठरोगीको बृद्धिदरमा केही कमी आए पनि पुनः आर्थिक वर्ष २०७७÷७८ मा बृद्धि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा प्रदेशमा दुई सय आठ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका थिए । तीमध्ये दुई सय २२ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचाररत छन ।

गत आर्थिक वर्षमा प्रदेशका कैलाली र कञ्चनपुरका दुई÷दुई र अछामका एक जना गरी पाच जनामा कुष्ठरोग पुनः बल्झिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै, गत आर्थिक वर्ष २०७७÷७८ मा कैलालीका १२, अछामका दुई तथा बैतडी, बझाङ र अछामका एक÷एक गरी १७ जना कुष्ठरोगीहरूमा अपाङ्गता समस्या भएको छ । गत आर्थिक वर्षमा नयाँ फेला परेका कुष्ठरोगीमध्ये ९० जना महिला र छ जना बालबालिका रहेका छन् ।चालू आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म प्रदेशमा ८६ जना नया“ कुष्ठरोगीहरू फेला परिसकेका छन । स्वास्थ्य निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्यांक अनुसार कैलालीमा सबैभन्दा बढी विरामी रहेका छन । सो तथ्यांक अनुसार कैलालीमा पुस मसान्तसम्म ५२ जना नया“ कुष्ठरोगीहरू फेला परेका छन ।त्यस्तै, अछाममा १६, कञ्चनपुरमा १२, डोटीमा तीन, बझाङ्ग, बाजुरा र डडेल्धुरामा एक÷एक नयाँ बिरामी फेला परेको जनाइएको छ ।

नयाँ विरामी फेला परेकामध्ये ४९ जना महिला रहेका छन भने चार जनामा पुनः रोग बल्झिएको तथ्याङ्कमा उल्लेख छ । स्वास्थ्य निर्देशनालयका अनुसार यस अवधिमा दुई सय ४९ जना कुष्ठरोगीहरू उपचाररत रहेका छन । त्यस्तै, ११ जना विभिन्न किसिमका शाररिक अपाङ्गता समस्या देखिएको छ । सुदूरपश्चिम प्रदेशमा प्रति एक लाख जनसङ्ख्यामा नया“ बिरामी पत्ता लाग्ने दर आठ प्रतिशत रहेकोे स्वास्थ्य निर्देशनालयले जनाएको छ । कैलाली, कञ्चनपुर र अछाममा नयाँ कुष्ठरोगी पत्ता लाग्ने दर उच्च रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ४५ जना महिला र १० जना बालबालिकामा कुष्ठरोग देखापरेको थियो ।

निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा एक सय १२ जनामा १२ महिना उपचार गर्नुपर्ने नयाँ विरामी फेला परेका थिए । भने पाच जनामा कुष्ठरोगका कारण अपाङ्गताको समस्या देखिएको थियो । सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगका कारण हुने अपाङ्गताको दरमा पनि घटबढ भइरहेको तथ्याङ्कले देखाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा आर्थिक वर्ष २०७३÷७४ मा कुष्ठरोगका कारण २० जना शारीरिक रूपमा अपाङ्ग भएका थिए । सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगका कारण अपाङ्ग हुने सङ्ख्या आर्थिक वर्ष २०७४÷७५ मा २२ तथा आर्थिक वर्ष २०७५÷७६ मा १७ जना रहेको थियो ।

नेपाल सरकारले २०६६ साल माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । सरकारले प्रति दश हजार जनसङ्ख्यामा एक प्रतिशतभन्दा बढी कुष्ठरोगी रहेको जिल्लालाई कुष्ठरोगको बढी जोखिम रहेको मानेको छ । सुदूरपश्चिम प्रदेशमा हाल प्रति दश हजार जनसङ्ख्यामा सून्य दशमलव ७८ जना कुष्ठरोगका बिरामी उपचारमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र अछाममा कुष्ठरोगको बढि जोखिम रहेको छ । तथ्यांक अनुसार कैलाली जिल्लामा ०७६÷७७ मा एक सय २२ जना उपचाररत रहेका छन भने कञ्चनपुरमा ४५ र अछाममा २९ जना उपचाररत रहेका छन ।

कैलालीमा आर्थिक वर्ष २०७४÷०७५ मा एक सय ६०, आर्थिक वर्ष २०७५÷०७६ मा एक सय ७६ जना कुष्ठरोगी उपचारमा रहेका थिए भने आर्थिक वर्ष एक सय २२ जना उपचाररत रहेका थिए ।त्यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा एक सय ३४ र चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक सय ४५ जना उपचाररत रहेका छन ।
त्यस्तै, अछाममा आर्थिक वर्ष २०७४÷०७५ मा ३३, आर्थिक वर्ष २०७५÷०७६ मा ५१, आर्थिक वर्ष २०७६÷७७ मा २९ र आर्थिक वर्ष ०७७÷७८ मा २६ जना कुष्ठरोगी उपचारमा थिए भने चालु आर्थिक वर्षमा ४१ जना उपचारमा रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले दिएको तथ्यांक अनुसार कञ्चनपुरमा २०७४÷७५ मा ७३, आर्थिक वर्ष २०७५÷०७६ मा ४६ जना, आर्थिक वर्ष २०७६÷७७ मा ४५ र आर्थिक वर्ष २०७७÷७८ मा ३८ जना उपचारमा थिए भने चालु आर्थिक वर्षमा ३६ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा कुष्ठरोगीका बिरामीको सङ्ख्या घटबढ भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।समाजमा अझैं पनि कुष्ठरोगीप्रति गरिने अपहेलना तथा विभेदको व्यवहार र सोचका कारण कुष्ठरोगको लक्षण देखापरे पनि बिरामीहरू उपचारका लागि आउन संकोच मान्नेगरेको पाइन्छ ।

उपचार गरेमा कुष्ठरोग निको हुन्छ र अङ्गभङ्ग हुनबाट जोगिन्छ भन्ने जानकारीको कमीका कारण अझैं पनि स्वास्थ्यकर्मीले खोजपडताल गरेर बिरामी पत्ता लगाएर उपचार प्रक्रियामा ल्याउनु पर्ने अवस्था रहेको प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशी बताउ“छन् ।निर्देशक डाक्टर जोशीले शरीरमा जुनसुकै रंगको नदुख्ने र नचिलाउने तथा लाटो दाग देखिएमा तुरून्त स्वास्थ्य संस्था वा अस्पताल गएर उपचार गराउन आग्रह गरे । उनले कुष्ठरोग लागेको शुरूवाती चरणमा उपचार गराएमा शरीरमा अंगभंग हुनबाट जोगिने बताए । उनले ढिलो गरी उपचार गराउ“दा रोग निको भएपछि शरिरमा भएको क्षति हटाउन नसकिने बताए । तथ्यांक अनुसार ढिलो गरि कुष्ठरोगको उपचार गराउन आएका कारण नेपालमा ३० हजार बढि नेपालीहरू अपांग भएका छन् ।

देशका विभिन्न जिल्लामा कुष्ठरोगीको सङ्ख्या बढ्दै गएपछि नेपाल सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । सन २०२१ पुरा भई २०२२ लाग्दा समेत प्रदेशमा झन कुष्ठरोगीहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।‘संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव छ । तीन तहका सरकारले कुष्ठरोग निवारणका लागि विशेष अभियानको थालनी गर्नुपर्ने हुन्छ’ कुष्ठरोग क्षेत्रमा काम गरिरहेका नेदरल्याण्ड लेप्रोसि रिलिफ (एनएलआर) नेपालका सुदूरपश्चिम प्रदेश फिल्ड संयोजक मुकेश पन्तले भने– समाजमा लुकेर बसेका कुष्ठरोगीहरू उपचारमा आइरहेका छैनन् । हामीले शंकास्पद गरेका व्यक्तिहरूलाई नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गराउन सल्लाह दिइरहेका हुन्छौं तर, अर्कोपल्ट सम्पर्क गर्न खोज्दा सम्पर्कविहिन हुन्छन । बिभेदको सामाजिक सोचका कारण उनीहरू उपचारमा आउन चाहदैनन ।उपचारमा आएका व्यक्तिहरूले पनि नियमित औषधि सेवन गर्दैनन । जसले गर्दा पुनः रोग बल्झिने गरेको छ ।’

नेपाल सरकारको कुष्ठरोग निवारण नीति २०१६ ले बालबालिकामा हुने कुष्ठरोग र कुष्ठरोगका कारण हुने अपांगता दर सून्यमा झार्ने र कुष्ठरोगको दर प्रति एक लाखमा एक भन्दा कममा झार्ने लक्ष्य लिएको छ । तर, सुदूरपश्चिम प्रदेशमा अझै पनि कुष्ठरोगका कारण हुने अपाङ्गता दरमा सुधार हुन नसकेको तथ्यांकहरूले देखाइरहेको छ । सरकारले अहिले सून्य कुष्ठरोगको लागि (सन २०२१–२०३०) राष्ट्रिय मार्गचित्र लागु गरेको छ । सो अनुसार पालिका स्तरमा कुष्ठरोगको संक्रमण रोक्ने लक्ष्य लिइएको छ ।

आइतबार, माघ १६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.