• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीमा अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित

बैतडी, १२ माघ । कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन्। जिल्ला अदालत, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालका सेवा स्थगित गरिएका छन्।

चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले सेवा स्थगित गरेको हो। स्वास्थ्य केन्द्रले अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले जानकारी दिए।

उनले भने, “एन्टीजेन परीक्षण गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ, केन्द्रमै कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सेवा बन्द गरेका हौँ।” स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्रसुती सेवा र आकस्मिक बाहेकका अरु सेवा बन्द गरिएको केन्द्रले जनाएको छ।

यस्तै कर्मचारीमा कोरोना देखिएपछि बैतडी जिल्ला अदालतका सेवा बन्द गरिएका छन्। अदालतले माघ १८ गते सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएका छ। कोरोनाको जोखिम बढ्दै गएकाले भीडभाड हुन नदिन अतिआवश्यक सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ।

बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउ पूर्जी जारी गर्ने कार्य गरिनेछ भने अभियोग दर्ता, बयान र थुनछेक नियमित रुपमा सञ्चालन गरिनेछ। मुलुकी फौजदारी कार्यविधि संहिता सम्बन्धि मुद्दा र मुद्दा फिर्ता, तामेली लगायतका कार्य पनि गरिने जनाइएको छ। सजाय निर्धारणका लागि पेशी तोकिएका मुद्दाको नियमित सुनुवाइ गरिनेछ। यी बाहेकका सेवा तत्कालका लागि बन्द गरिएको अदालतले जनाएको छ।

यस्तै जिल्ला अस्पतालमा तत्कालका लागि दन्त सेवा बन्द भएको छ। दन्त सेवा विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना नभए सम्मका लागि सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख डा. चैतन्य जोशीले जानकारी दिए।
साभार गरिएको

बुधबार, माघ १२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.