धनगढी, ११ माघ/कञ्चनपुरको कृष्णपुर नगरपालिकामा विषादीयुक्त खाना खादा एकै परिवार ५ जना बिरामी भएका छन् । विषादीयुक्त खाना खादा ६५ वर्षीया रमादेवी विष्ट, ४५ वर्षीया कलावती विष्ट, १७ वर्षीया सरिता विष्ट, १४ वर्षीय शमिर विष्ट र ८ वर्षीया समिक्षा विष्ट बिरामी भएको इलाका प्रहरी कार्यालय गुलरियाका सई राधाकृष्ण नाथले बताए ।
उनका अनुसार शमिर विष्टले दालमा मसला सम्झेर मुसा मार्ने औषधी हालेका थिए । ‘बच्चाले खाना पकाउँदा गल्तिले विषादी हालेका रहेछन्,’ उनले भने, ‘अहिले उनीहरुको अवस्था सामान्य छ ।’ उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।