धनगढी,१० माघ कैलाली जिल्लाको लम्की चुहा नगरपालिका मा वडा न१ पुर्ब लम्की मा रहेको महिला जागरण सामुदायिक बनका महिला हरु दिगो बन ब्यबस्थापन मा जुटेका छ्न ।
सामुदायिक बन निर्माणका बनाउनका लागि लम्की मा महिलाहरुलाई निकै चुनौती को सामना गरेको बताउछिन सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष जल्पा देबि बिस्टसामुदायिक बन सरक्षण र दर्ता गर्न का लागि चौनौती भोगेका महिला ग्रामीण क्षेत्रका महिलाहरुलाइ नेपाल सरकारले ल्याएको २०७० वैज्ञानिक बन ब्यबस्थापन कार्यनिती र दिगो बन ब्यबस्थापन गर्नका लागि फलामका चिउरा चपाउनु सरह भयो । उनी हरुलाइ वैज्ञानिक बन ब्यबस्थापन गर्दा अख्तियार सम्म धाउनु परेको बताउछिन समुहकी सचिब मिना तिमिल्सिना
नेपाल सरकारले बैज्ञानिक बन ब्यबस्थापन कार्यबिधी २०७० पछिल्लो समयमा खारेज गरेको छ तर पनि समुहका महिलाहरु भने बनमा नियमित रुपमा सरक्षण का क्रियाकलाप गरि रहेका अर्थ बिकास तथा प्राकृतिक स्रोत समिती सुदूरपश्चिम पदेश अवलोकन गर्न गर्दा उनिहरु बिरुवा गोडमेल, झाडी सफाइ , खरकाटाइमा ब्यस्त रहेका थिय ।
समिती को उपस्थिति देखेर आफुलाई बिना खबर समुहमा देख्दा दङ्ग परेको समुहकी उपभोक्ता सीता तिमिल्सिना बताउछिन ।
त्यसै पनि महिलाहरुले सरक्षण गरियको बनमा बढि समस्या ल्याउने गरेको समाजले दिगो बन ब्यबस्थापन का लागि समुदाय स्तर बाट धेरै चुनौती को सामना गरियको बताउछिन बिस्ट ।
कति पटक विवाद भयो , हाम्रो विरुद्ध मा अख्तियार सम्म उजुरी परे तर पनि आफुहरु गलत नभयकाले केही भयन ।
वैज्ञानिक बन ब्यबस्थापन गर्दा अन्य सामुदायिक बन बाट ल्याएर सालका फुल पहिलो पलटमा बीउ रोपेर बृक्षारोपण गरेको हो । अहिले तिनै सालका बिरुवा उम्रेको ठाउंमा खरकटाइ , गोडमेल ,र झाडी सफाइ कार्यमा ब्यस्त रहेको बताउछिन अध्यक्ष बिष्ट
समुहका कोषाअध्यक्ष नरपता साही भन्छिन भदौ मा गरिएको वृक्षरोपण रोपण बाट भएका बिरुवा आजभोलि गोडमेल , झाडी सफाइ , खरकटाइ गरिदै छ , साल ,जामुन ,साज , लगायत का बिरुवा लगायको हो ।
उनिहरुले पानीले बिरुवा नमरोस बिरुवा राम्रो सङ , हुर्काउन ,बढन , फस्टाउन पाओस भनेर समय समयमा गोडमेल र झाडी सफाइ लगायतका दिगो बन ब्यबस्थापन का नियमित कार्य गरिरहेको बताउनु हुन्छ सब डिभिजन बन कार्यलयका प्रमुख साह्ययक बन अधिकृत सोम घलान , यो बनमा नियमित चोरीपैठारी रोक्न ,चरिचरण रोक्नका लागि महिलाहरु आफै बनको टोलि सङ गस्ती पनि जाने गरेका छन् ।
वन नवीकरणीय प्राकृतिक स्रोत हो, जसको उचित व्यवस्थापनबाट उपज तथा सेवा निरन्तर प्राप्त गर्न सकिन्छ। वन बाली लगाउने, हुर्काउने तथा उपयोग गर्ने कार्य वन व्यवस्थापन हो। सामाजिक, आर्थिक तथा वातावरणीय दृष्टिले उपयुक्त र वनले प्रदान गर्ने उपज तथा सेवाको निरन्तरता वा वृद्धि हुने गरी गरिने वन व्यवस्थापन दिगो वन व्यवस्थापन हो। वन संवद्र्घन प्रणाली र यससँग सम्बन्धित विज्ञान दिगो वन व्यवस्थापनको मुख्य आधार–स्तम्भ हो, जसले वनले प्रदान गर्न सक्ने उपज तथा सेवा नियमन गर्छ। साथै वातावरणीय सन्तुलन, सामाजिक सुरक्षा र आर्थिक अवसरसमेत दिगो वन व्यवस्थापनका महत्वपूर्ण पक्ष हुन्।
अर्थ बिकास तथा प्राकृतिक स्रोत समिति सुदूरपश्चिम प्रदेश समिती महिला समुहले गरेको कार्य देखेर प्रसंशा समेत गरेको छ ।समितिका सदस्य माननीय महेश दत्त जोशिले जसरी बन ब्यबस्थापनमा राम्रो उदाहरणिय कार्य गरेको छ त्यसरी नै आर्थिक पार्दशिकता , सुशासन , जिबिकोपार्जन मा पनि काम गर्नु पर्ने सुझाव दिनु भयको छ ।
सब डिभिजन बन कार्यलय बैज्ञानिक बन ब्यबस्थापन मा मात्र नभइ अन्य सामुदायिक बनमा प्राबिधिक रुपमा सहयोग गरि राखेको छ ।समुहका नियमित कार्य गर्न कोरोनाको समयमा पनि काम गरि रहेको बताउछ्न
घलान ।
नेपाल अहिले तेस्रो चरणको कोरोना को कारणले सबै क्षेत्रमाभयर प्रभावित भयको बेला बन क्षेत्र पनि त्यो बाट अछुतो रहेको छैन तर पनि लम्की महिला जागरण सामुदायिक बनका महिलाहरुले यो समयलाई सामुदायिक बन मा वृक्षरोपण रोपण , तिनीहरु को स्याहार सम्भार , चोरीपैठारी रोक्न नियमित गस्तीमा गरेर बनको सरक्षणमा जुट्ने अवसर भयको बताउछिन् स्थानीय उपभोक्ता माया बि ।क