काठमाडौँ , ७ माघ । काठमाडौं उपत्यकामा थप ५ हजार २९९ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४२ सय ७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ जना कोरोना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घन्टामा देशभर १० हजार ७०३ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण देखिएको छ। २३ हजार ९२ वटा नमूना परीक्षण गराउँदा १० हजार ७०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, सोही अवधिमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ७६६ जना कोरोनामुक्त भएका छन्। हाल नेपालमा ६५ हजार ३७४ जना कोरोनाका सक्रिय संक्रमित छन्।