काठमाडौं ७ माघ/काठमाडौं उपत्यकामा सवारीसाधनमाथि जोर(विजोर लागू भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
ललितपुरका साहायक सिडिओ हरिप्रसाद पन्तले काठमाडौं उपत्यकामा सवारीसाधानमा जोर(विजोर लागू भएको बताए। उनले उपत्यकाका तीनवटै जिल्लाले आजै छुट्टा- छुट्टै आदेश जारी गर्देसमेत बताए।
कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर विजोर लागू गर्ने निर्णय गरेको छ, पन्तले भने। उनले शुक्रबार राति १२ बजेदेखि जोर विजोर लागू हुने बताए।
