धनगढी, ७ माघ/कोभिड–१९ को ग्राफ बढ्न थालेपछि कैलालीमा थप कडाई हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९डिसीसीएमसी० ले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि थप कडाई गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले (डिसीसीएमसी) ले २५ वटा निर्णय गरेको बताए । सूचना अधिकारी शिवराज जोशीले भने, ‘सोही निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीज्यूले आदेश जारी गर्ने तयारी छ ।’ ‘२५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न यसअघि नै आदेश जारी भइसकेको छ’ सूचना अधिकारी जोशीले भने, ‘त्यसैलाइ निरन्तरता दिइएको छ । डिसीसीएमसीको निर्णयअनुसार होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतका सार्वजनिक स्थानमा जाँदा कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिने छ ।’
‘भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाएर व्यवस्थापन गर्ने निर्णय पनि भएको छ’ उनले भने, ‘सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्न समेत आह्वान गरिएको छ ।’ उनले भारतबमा किनमेलका लागि जान समेत रोक लगाइएको बताए ।