जगत देउवा
धनगढी, ४ माघ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समितीले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु हुनुपर्ने माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार प्रदेश समितीले प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र अर्थ विकास तथा प्राकृतिक श्रोत समितीलाई ज्ञापन पत्र बुझाएको हो । महासंघले संघिय सरकारले खारेज गरेको वैज्ञानिक वन व्यवस्थापन कार्यविधी २०७१ र वैज्ञानिक वन र दिगो वन व्यवस्थापन कार्यक्रम पुनः लागु हुनुपर्ने माग राखेको छ ।
महासंघ अध्यक्ष पुस्कल बमले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम बन्द भएपछि बनमा काठहरु कुहीएको र जनताले दाउरा तथा काठको अभाव भोगीरहेको बताए । उनले तत्काल वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गर्नुपर्ने धारणा राखे ।
जंगलमा काठ कुहिएर खेर गएको छ भने यता जनताले समयमा भात पकाउन, दैनिकी उपभोग गर्न, घर निर्माणका लागि काठ नपाएर स्टील प्रयोग गर्न बाध्य भएको भारताल साझेदारी बन उपभोक्ता समितिका अध्यक्ष यादव भण्डारीले बताए ।
ध्चष्तभ तय एबलमबख एगवबचब