धनगढी, ३ माघ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १५६ नमुना परीक्षण गर्दा थप ८९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
यस्तै २४ घण्टामा थप ३ जना संक्रमित अस्पताल भर्ना भएका छन्। हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ विरामीको आइसियु र दुईजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।