धनगढी । बागेश्वरी असल शासन क्लब (बास) कैलालीले सुरु गरेको मास्क खै अभियान अन्र्तगत आईतबार बासका पदाधिकारी र भोलिन्टीयरहरुलाई माक्स सन्देशमुलक पर्चा र पम्पलेटहरु वितरण गरेको छ ।
बासले कोरोनाको तेस्रो लहरको महामारी बढेपछि धनगढीमा ‘मास्क खै’ अभियान धनगढीमा सुरु गरेको हो ।अभियानमा विभिन्न माध्यमबाट कोरोना माहामारीबाट बच्न ‘माक्स खै’ ‘लोगो स्टीकर’ पम्पप्लेटहरु बनाएर बढी भिडभाड हुने ठाँउ, सरकारी कार्यालय, बसपार्क जस्ता बढी भिडभाड हुने ठाउँमा स्टिकर तथा लोगो अभियान संचालन गर्ने बासका अध्यक्ष पाण्डव पुजाराले बताए । उनले मानिसहरुको व्यवहारमा परिवर्तन ल्याउनका लागी यो अभियान सुरु गरेको बताए ।
बासका सुदूरपश्चिम अध्यक्ष लक्ष्मिप्रशाद जैशीले बास कैलालीले संचालन गरेको यस अभियानमा सबैले सक्रिय रुपमा लागे कोरोनाको जोखिम न्यून हुने बताए ।यस अघि ‘मास्क खै’ अभियान अन्र्तगत धनगढी उपमहानगरपालिका, संचार क्षेत्रमा सक्रिय व्यक्तिहरु, सार्वजनिक स्थानहरुमा पर्चा पम्प्लेट टाँस, मास्क वितरण, मास्क खोईका लोगोहरु वितरण गरिसकेको छ ।
बासको यो अभियान अन्र्तगत धनगढी उपमहानगरपालिकालाई पुर्ण खोपयुत्तः नगरपालिका बनाउन सहयोग गर्ने, मास्क बैंक खोल्ने, र अनिवार्य रुपमा माक्स लगाउने अभियान संचालन गर्ने जनाएको छ ।