धनगढी, १ माघ/कैलालीको अत्तरियामा २ मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।मृत्यु हुनेमा गोदावरी नगरपालिका – १ चैतन्यपुरका १८ बर्षिय गणेश बलायर रहेका छन । उनको पदमा अस्पतालबाट धनगढी लैजाने तयार गर्दै गर्दा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका धनगढीका १९ बर्षिय उमङ्ग जंङ्ग ठकुरीको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । शनिबार दिउँसो गोदावरी नगरपालिका – १ अन्तरगत अत्तरिया–धनगढी सडकमा से ५ प ७१९ र सु प प्र ०१० प ५८१५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
