कञ्चनपुर, २७ पुस । कञ्चनपुरमा एकैदिन ८६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। ९१२ जनाको नमूना ऐन्टिजेन र २० नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ८६ जनामा संक्रमण फेला परेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। जसमध्ये भारतबाट भित्रिएकाहरु मात्रै ७१ जना रहेको कार्यालयले जनाएको छ।
भारतमा संक्रमितको संख्या बढेपछि सीमा नाका गड्डाचौकीमा कोरोना परीक्षण गर्दा ७१ जनामा कोरोना भेटिएको हो।योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ३० पुगेको छ।
