सिन्धुली, २७ पुस । सिन्धुलीमा गएराति तरकारी बोकेको भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ। गोलन्जोर गाउँपालिका–७ मा गएराति प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान दुर्घटनामा परेको हो।
दुर्घटनामा सिरहाको धनगढीमाई नगरपालिका–९, जिरोमाइल घर भएका २५ वर्षीय किसुनकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।
दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। दुर्घटनापछि भ्यान चालक सन्तोषकुमारलाई प्रहरीले पक्राउ गरेको छ।