• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

थारु समुदायमा माघीको चहलपहल सुरु, कोरोनाले खल्लो बनायो

धनगढी,२७ पुस आदिवासी जनजाती थारु समुदायमा माघीको चहलपहल सुरु हुन थालेको छ । माघी पर्व नजिकिएसंगै थारु गाउँमा माघीको चहलपहल बढ्न थालेको हो । थारु समुदायको सबैभन्दा ठूलो पर्व ‘माघ’, अर्थात माघी आउन अब चार दिनमात्रै बाँकी छ ।पर्व नजिकिएसंगै यो समुदायमा माघीका लागि धुमधाम तयारी चलिरहेको छ । मान्छेहरु पर्वको लागि कुटानी, पिसानीका साथै आवश्यक सामान जोहो गर्नमा व्यस्त भएका छन् । दाउरा सङ्कलनदेखि लिएर मेलापात गर्ने काम पनि भइरहेका छन् । विस्तारै माघीको चहलपहल हुन थालेको छ । माघीमा नभइ नहुने ढिक्री चामलको पिठोबाट बनाइने गरिन्छ ।

त्यसैले, पर्व आउनुभन्दा एक÷डेढ हप्ता अगाडिबाट नै कुटानी पिसानीको काम हुने गरेको सो समुदायका व्यक्ति बताउँछन् । ‘ढिलो भएमा मिलमा भीडभाड बढ्ने भएकाले सकेसम्म हप्तादिन अगाडिदेखि नै कुटानी पिसानी गराउने गरेका छौं’, धनगढी उपमहानगरपालिका–५ हसनपुरका विशाली चौधरीले भनिन् । ‘मैले आफू तरकारी बिक्री गरेर माघीको लागि अरुकोबाट तरुल र सखरखण्डकोसमेत जोहो गरि सकेँ ।’आफूले धनगढी हाट बजारमा तरकारी बिक्री गरेर माघीको लागि आवश्यक सामान खरिद गरिरहेको उनको भनाइ छ । ‘वर्षदिनपछि फर्केर आएको ठूलो पर्व धुमधामसंग मनाउनका लागि तयारी भइरहेको छ’, चौधरीले भनिन् । माघी थारु समुदायको सबैभन्दा ठूलो पर्वमात्रै होइन, नयाँ वर्ष पनि हो । यो पर्वदेखि नै थारु समुदायको नयाँ आर्थिक वर्ष सुरु हुने गर्दछ । साथै, माघीमा वर्षभरिको आर्थिक लेखाजोखा हुनुकासाथै परिवार र गाउँको नेतृत्व गर्ने व्यक्ति चयनको कार्य हुने गर्दछ ।

माघीमा ढिक्री, सुङ्गुरको मासु, तरुल, सखरखण्ड र जाँड खाने चलन रहेको छ । हरेक परिवारले माघीको लागि मासुको टुङ्गो लगाइ सकेका छन् । माघीमा सुङ्गुर मार्नुलाई ‘जिता मर्ना’ भनिन्छ । कसले, कति मासु किन्ने भनेर पहिल्यै नै नामावली तयार पार्ने कार्य भइसकेको छ । यसैगरी, घर–घरमा जाँड पनि महिनादिन अगाडि नै बनाइएका छन् ।लगभग सबै तयारी भइसकेको उल्लेख गर्दै धनगढी उपमहानगरपालिका–६ जालीका सरस्वतीदेवी चौधरीले अब माघीको प्रतिक्षामा रहेको बताइन् । ‘यसवर्ष गाउँमा महोत्सव सञ्चालन गर्ने भन्दैछन्’, उनले भनिन् । जाली गाउँमा हरेक वर्ष मघौटा नाचसमेत हुने गरेको छ । नाचको सरसल्लाह पनि भइरहेको चौधरीले उल्लेख गरिन् ।

थारु समुदायमा तीन दिनसम्म धुमधामसंग माघी पर्व मनाउने चलन छ । पुस अन्तिम दिनबाट सुरु भएको माघी पर्व माघ २ गतेसम्म रहने गर्दछ । पहिलो दिन जिता मार्ने, दोस्रो दिन विहानै नदी, पोखरी, दहमा स्नान गरेर मान्यजनहरुको आशिर्वाद लिदैं माघी पर्व मनाउने गरिन्छ । पर्वको अन्तिम् दिन खिचडी भात खाँदै ‘माघी देवानी’ गर्ने र नयाँ नेतृत्व चयनको साथै वर्षभरिको लागि योजना बनाउने कार्य हुने गरेको बताइएको छ ।माघी आउन थालेपछि कैलारी गाउँपालिकाको वडा नम्बर ७ की कालीदेवी डङ्गौरालाई सालको पातबाट दुना, टपरी बनाउन भ्याइ नभ्याइ छ । सुङ्गुरको मासु र ढिक्री राख्नका लागि डङ्गौराले हप्तादिनदेखि नै सालको पातको दुना, टपरी तयार गरिरहेकी छिन् । ‘यसैमा पाहुनालाई ढिक्री र सुङ्गुरको मासु खान दिन्छौं’, दुना, टपरी देखाउँदै उनले भनिन् ।

डङ्गौराका अनुसार पर्व आउनुभन्दा अगाडि नै गाउँका मान्छेहरु जङ्गलमा पात टिप्न जाने गर्दछन् । त्यसपछि, साँझ, विहान आगो ताप्दै दुना, टपरी बनाउने गरिन्छ । ‘तरकारी राख्नका लागि थारु समुदायको लागि यो महत्वपूर्ण चिज हो’, उनले भनिन् । ‘पाहुनालाई पनि हामी यसैमा तरकारी दिने गर्दछौं ।’ माघी आउन थालेपछि थारु बस्तीमा माघी सम्बन्धी गीत घन्किन थालेको छ ।

मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.