धनगढी, २४ पुस । धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ। धनगढी विमानस्थल चोकमा बिहान करिब ११ बजे कार र मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
बाग्मती प्रदेश ०१०–२५ च ६२७१ नम्बरको कार र से–५–प ४०७९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोटरसाइकल चालक र कारमा सवार २ जना घाइते भएका छन्। उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ।