धनगढी,२४ पुस । धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा शनिबार थप ८जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३६जनामा गरिएको पिसिआर परिक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार अस्पतालमा एक जना कोरोना संक्रमितको आइसियूमा उपचार भईरहेको छ ।