धनगढी, २४ पुस । भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिममा सर्तकता अपनाउने तयारी थालिएको छ। पछिल्लो केही दिनदेखि प्रदेशमा समेत संक्रमितहरुको संख्या बढ्न थालेपछि मुख्यमन्त्री अध्यक्ष रहेको प्रदेश कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापन समितिको बैठक बसेर छलफल गरेको छ।
बैठकमा सुदूरपश्चिम भित्रिने सबैजसो नाकामा स्वास्थ्य हेल्प डेस्कलाई थप व्यवस्थित पार्ने, सीमा नाकामा बनाइन लागेका होल्डिङ सेन्टरलाई चाँडो तयारी अवस्थामा राख्ने, प्रदेश सरकारले स्थानीय तह प्रशासन सुरक्षा निकाय तथा सामाजिक संघसंस्थासँग समन्वय गरेर थप कदम चाल्ने लगायतका विषयमा छलफल भएको छ।