धनगढी, २३ पुस/नेपाली काँग्रेस कैलालीका नेता तथा गौरीगंगा नगरपालिका काँग्रेसका नगर प्रमुखका उम्मेदवार दिनेशराज जोशीले बिपन्न वालवालिकालाई न्यानो लुगा बितरण गरेका छन् ।
शुक्रबार गौरीगंगा नगर पालिकाको वडा न ११ मा एक कार्यक्रमको आयोजना गरी काँग्रेस नेता जोशीले अतिबिपन्न, आदिवासी जनजाती, एकल महिलाका बालबालिका तथा टुहुरा बालबालिकालाई न्यानो लुगा बितरण बितरण गरेका हुन् । एलआरआई एजुकेशन फाउन्डेसन काठमाण्डौको सहकार्यमा करिव एक सय जना बालबालिकालाइ न्यानो लुगा बितरण गरेका हुन् ।
गौरीगंगा नगरपालिकाको वडा न ११ बाट सुरु गरेको यो अभियान नगर भरिका सबै वडामा बितरण गर्ने नेपाली काँग्रेस नेता जोशीले बताए । बितरण कार्यक्रममा काँग्रेस नेता रोजबहादुर सिंह, युवा नेता राजेन्द्र जोशी, नेपाली काँग्रेस गौरीगंगा नगर सचिव हेमन्त जोशी, नेपाल ट्रेड युनियन काँग्रेस गौरीगंगाका अध्यक्ष हर्कदेव जोशी, नेपाल शिक्षक संघ गौरीगंगा नगर अध्यक्ष प्रेमचन्द बोहराको सहभागिता रहेको थियो ।
कालिका आधारभूत विद्यालय अभिभावक संघका अध्यक्ष हिक्मत बहादुर बोगटीको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथी काँग्रेस कैलालीका नेता दिनेशराज जोशी रहेका थिए । न्यानो कपडा बितरण कार्यक्रम अन्तरगत आफ्नो विद्यालयका बिद्यार्थीहरुलाई प्रदान गरेकोमा विद्यालयका प्रधानाध्यापक प्रेमचन्द्र बोहराले धन्यवाद समेत व्यक्त गरेका थिए ।