काठमाडौं,२२ पुस । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुन प्रतितोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।