काठमाण्डौ १७ पुस/नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।निर्वाचन समितिले शनिबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। जसअनुसार उम्मेदवारी दर्ता समय अहिले राति ८ बजेदेखि साढे १० बजेसम्मलाईतोकिएको छ।
मतदान भोलि बिहान ११ बजे सुरु गर्ने कार्यतालिकामा उल्लेख छ।तर नेतृत्व चयनमा सहमति जुटाउने प्रयासअनुरुप अहिले पनि छलफल जारी छ। माओवादी केन्द्रका ८ वटा प्रदेशलाई केन्द्रीय सदस्य भागबन्डा गरिएको छ।
