धनगढी, १७ पुस । जिल्ला सहकारी संघ लिमिटेड धनगढीको २२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष फणिराज सापकोटाको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहेका थिए भने विशिष्ठ अतिथि कृषि ज्ञान केन्द्र कैलाली प्रमुख खगेन्द्र शर्मा रहेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेडका सल्लाहकार संयोजक भोजबहादुर बम, रेडक्रस कैलाली सभापति उत्तम जोशी, सल्लाहकार शान्ति सिंह शाही, राष्ट्रिय प्रतिनिधि विश्वप्रकाश पौडेल, राष्ट्रिय सहकारी वैकका शाखा प्रवन्धक कृष्ण रावल अथिति रहेका थिए ।
कार्यक्रम पश्चात् भएको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा संघले आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गरेका कार्यक्रम र आगामी आर्थिक वर्षको कार्यक्रमका बारेमा अध्यक्ष सापकोटाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।


