धनगढी,१६ पुस । बैतडीमा हिमपातबाट अवरुद्ध भएको बाटो आज हनुमानध्वज गुल्मबाट खटीएको नेपाली सेनाको टोलीले संचालनमा ल्याएको छ ।
पुष १० गते भएको भारी हिमपात भई जनजीवन प्रभावित हुनुको साथै दशरथचन्द राजमार्ग सडकखण्ड समेत अवरुद्ध भएको हुँदा उक्त राजमार्गको कठपते–देहिमाण्डौ–सतबांझसम्मको सडकखण्डबाट हिउँ पन्छाएपछि यातायात सूचारु भएको छ भने, देहिमाण्डौंस्थित नेपाल टेलिकमको टावर जाने बाटोलगायत टावर आसपासका ईलाका तथा कठपते–भित्तेजर्गा सडकखण्डको समेत हिउँ हटाएको छ ।