धनगढी,२४ मंसिर/नेपाली काँग्रेसकी नतृ तथा वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवा नेपाली काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला महिला)मा उम्मेदवारी दिने बताईकी छिन् । उनले कार्यकर्ता माझ एक अपील जारी गर्दै काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला महिला)मा उम्मेदवारी दिने बताएकी हुन् । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत २५ गते नयाँ नेतृत्वको लागि मनोनयन दर्ता गर्ने कार्यक्रम गरेको छ । नेपाली काँग्रेसको १४ औ महाअधिवेसान शुक्रवार उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र चलेको छ ।
डा. आरजु बरिष्ठ समाजिक अभिन्यतासंगै समाजिक क्षेत्रमा कृयाशिल रुडुककी केन्द्रिय अध्यक्ष समेत हुन् । २०७४ सालमा नेपाली काँग्रेस कैलाली–५बाट संघिय सांसदकी उम्मेदवार समेत रहेकी उनि पराजित भए पनि उनको निर्वाचन क्षेत्रमा डा. अरजुकै पहलमा विकासको गतिले तिबता पाएको स्थानियहरुले बताउदै आएका छन् । निर्वाचनमा पराजित भएकी देउवाले खुटिया नदीमा तटबन्धन गरेर स्थानियहरुले नदी कटान र डुवानको समस्याबाट राहत पाएको स्थानिय काँग्रेस नेता भिम पडाले बताए । जुन खुटिया नदीको कटानले स्थानियहरु कती मर्कामा छन् भन्ने कुराको सुईको समेत कैलाली–५बाट निबार्चित सांसद नारदमुनी रानालाई नभएको पडालको भनाई छ ।
कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल, गर्वती महिलाका क्षेत्रमा दिएको योगदान र अन्य स्वास्थ्य क्षेत्रको योगदानका कारण स्थानिय जनताले बिकासको अनुभुती गरेका छन् । डा. देउवाले विकासमा क्षेत्रमा गरेको योगदानका कारण पनि उनले केन्द्रिय सदस्यमा उम्मदवारी दने भए पछि स्थानियका साथै देशभरका महाधिवेशन प्रतिनिधिहरु प्रचारमा जुटेका छन् ।डा. आरजु नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत हुन् । उनको नेपाली काँग्रेस पार्टीमा ठुलो योगदान रहेको छ ।