धनगढी, ९ मंसिर/नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका कैलाली क्षेत्र नम्बर १मा डा. रणबहादुर रावलको टिमले अर्को समुहलाई ‘क्लिन स्वीप’ गरेको छ ।
नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता तथा केन्द्रीय राजनीतिमा विशेष मानिएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि रावल पक्षकै एकलौटी वर्चस्व रहेको छ ।
रावलको पक्षले प्यानल बनाएका कैलालीको निर्वाचन क्षेत्र नं १ बाट प्रकाश शाह विजय भएका छन् । क्षेत्रीय समिति देखी महाधिबेशन प्रतिनिधिमा सबै रावल पक्षकै सबै उमेद्बार निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित शाहले ३ सय ५९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी भुवनेश्वर अधिकारीले २ सय मत प्राप्त गरेका छन् । पराजित अधिकारी निवर्तमान क्षेत्रीय सभापति हुन् ।
क्षेत्रीय कार्यसमितिको सचिवमा धनञ्जय रिमाल र लौटन चौधरि विजयी भएका छन् भने सहसचिवमा हरिकुमार कार्की र गौतम महतो निर्वाचित भएका छन् । यस्तै, सदस्यमा ईश्वरी चौधरि, कमल कार्की र मुक्तिनाथ रेग्मी ,रामजानकी डगौरा ,सोमति कुमारी चौधरि, कामता प्रसाद महतो,कालिराम डगौरा, खडक कुमारी सिंह ,तपेन्द्र कुँवर ,विरेन्द्र रावल ,सन्तोष पौडेल,कान्ति शर्मा भट्टराई ,देवबहादुर सुनार,कमल प्रसाद कठरिया, विष्णुप्रसाद डगौरा र प्रकाश बम निर्वाचित भएका छन्। उनीहरू सबै देउवा समूह अन्तरगत रण बहादुर रावल पक्षका हुन् ।
केन्द्रीय राजनीतिमा विशेष मानिएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि रावल पक्षकै एकलौटी वर्चस्व रहेको छ । रावल ईतर पक्ष ईश्वरी न्यौपाने समुहका टिकापुरका नेपाली काँग्रेसका हस्तिहरु पर्व साँसद गंगाबहादुर कुँवर, टिकापुर विकास समितिका पुर्व अध्यक्ष फकिरसिंह कडायत, साविक धनसिंहपुर गाविसका अध्यक्ष जंग बहादुर साउँद, प्रदेश साँसद उमादेवि वादी, काँग्रेस नेता बुद्धिसागर चौधरि, बिरबहादुर हमाल, पुर्व साँसद सुशिला स्वाँर भने पराजित भएका छन् ।