धनगढी, २६ कार्तिक/देशभरका इन्जिनियरको छाता संस्था नेपाल इन्जिनियर्स एसोसिएसनमा चुनावी सरगर्मी सुरु भएको छ । नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन मिति नजिकिँदै गर्दा पेसागत इन्जिनियरहरू दलगत चुनावी प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को ३३ औँ अधिवेशनको निर्वाचनमा पाँच समूहबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
अगामी २४ मङ्सिर २०७८ मा हुने उक्त निर्वाचनमा चार वटा प्यानल तथा एउटा स्वतन्त्र समूहबिच प्रतिस्पर्धा हुने पक्का भएको छ । जसअनुसार लोकतान्त्रिक इन्जिनियर्स समूह, (लोकतान्त्रिक इन्जिनियर्स समूह) प्रगतिशील इन्जिनियर समूह, राष्ट्रिय प्रगतिशील इन्जिनियरिङ गठबन्धन, इन्जिनियर समाज नेपाल र इन्जिनियर समाज नेपालबाट प्यानलसहित उम्मेदवार बनेका छन् भने स्वतन्त्र उम्मेदवारका रुपमा महासचिव तथा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
यता नेपाली काँग्रेस समर्थित सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल अहिले देश दौडाहामा रहेको छ । सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपालको डा। हरि बहादुर दर्लामी नेतृत्वको प्यानलले सुदूर पश्चिम प्रदेश भ्रमण गरेर फर्केको छ । सुदूर पश्चिम प्रदेशमा भएका आफ्ना समर्थकहरूलाई प्रत्यक्ष रुपमा भेटघाट गरेर फर्केको ईन्जिनियर पारष मिश्रले जानकारी दिए ।
डा। हरि बहादुर दर्लामी नेतृत्वको प्यानलले ‘युवाको आशा, अग्रजको भरोसा’ भन्ने नाराका साथ मतदानमा उत्रेको छ । नेपाली काँग्रेस समर्थित सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपालका केन्द्रीय अध्यक्ष उमेश थानीले आफ्नो टिमको विजय सुनिश्चित भएको बादी गर्नु भएको छ । नेपालमा इन्जिनिङ्लाई शिक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल लागेको उनले बताए ।नेपालमा इन्जिनियरिङ काउन्सिल स्थापना देखी इन्जिनिङ्मा आम समस्याका कुरामा समाधान आफूले गरेको हुँदा जित्ने आधार यही भएको उनले बताए । इन्जिनियरहरूको पेसागत सुरक्षा, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको इन्जिनियरिङ शिक्षा र उनीहरूलाई व्यावसायिक तालिम दिलाउन आफूहरूको उम्मेदवारी रहेको उनले बताएका छन् ।
सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल तर्फ
अध्यक्ष- ई. डा. हरी बहादुर दर्लामी
उपाध्यक्ष- ई. डा. नारायण अधिकारी
महासचिव- ई.रवि भुषण झा
उपमहासचिव- ई.सरोज धिताल
कोषाध्यक्ष – ई. दिनेश त्रिपाठी
सहकोषाध्यक्ष – ई. दिपक अधिकारी
सदस्य – ई. सुरज चापागाईं
सदस्य ई. सागर भट्टराई
सदस्य ई. विनोद पाल
सदस्य ई.कुशलता न्यौपाने
सदस्य ई. अनुपम पराजूली
सदस्य ई.निशान नेपाल
सदस्य ई. ईश्वर पोखरेल
सदस्य ई. मनिष मल्लिक
सदस्य ई. अशोक निरौला
सदस्य ई. हरी नारायण राय यादव
सदस्य ई. खुम बहादुर भण्डारी
सदस्य ई. विद्या बराल