काठमाडौं: नेकपा एमालेका नेता गोकुल बास्कोटा संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बचाउमा उत्रिएका छन् ।
उनले जनताले चुनेको सरकारलाई अप्राकृतिक समिकरण बनाएर गोलचक्करमा फसाउने षड्यन्त्र समाप्त भएको बताएका छन् ।
‘जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समिकरणदेखि समिकरणसम्मको गोलचक्करमा रिङ्गाउने षडयन्त्र समाप्त,’ नेता बास्कोटाले ट्वीटमा भनेका छन् ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेकै बरिष्ठ नेता माधव कुमार नेपाललाई समिकरण बनाएर चुनावमा जान सुझाव दिएका छन् ।
उनले जनताले साथ दिए सरकार बनाउन सुझाव दिँदै भनेका छन्, ‘अब माधवप्रचण्डले कुण्ठित ईच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु,जनताले कोल्याप्स हान्दिए भने सक्यो।गुनासोको काम छैन। विधि,पद्दती लगेर कर्णालीमा सेलाउनु,उनले भने ।’
