काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद् विघटनविरुद्ध आफूहरु कानूनी उपचारमा जाने बताएका छन् । विपक्षी ५ दलको संयुक्त बैठकपछि अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले आफूहरु १४९ जना सांसदहरु नै अदालत जाने तयारीमा जुटेको जनाए ।
उनले भने “हामी ओलीलाई नग्याउँछौं । संसद् विघटन असंवैधानिक छ, यसको विरुद्धमा कानूनी उपचारमा जान्छौं । विगतमा पनि अदातलतले गलत कमद सच्याएको थियो । हामीलाई आशा छ, अब पनि निरंकुशताविरुद्ध फैसला आउँछ । संसद विघटन गर्ने प्रधानमन्त्री र राष्टपतिको कदमविरुद्ध हामी जनतामा जान्छौं । ”
