काठमाडौं: नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीले मुलुकलाई अध्याँरो यगमा प्रवेश गराएको टिप्पणी गरेकी छिन् । उनले आफुहरुले अन्तिम समयसम्म संसद जोगाउन चाहेको उल्लेख गरेकी छिन् । तर, खराब नियतीका मान्छेहरुको षड्यन्त्रको सामू केही नलागेको उनको भनाई छ ।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेतृ झाँक्रीले यस्तो लेखेकी हुन् । उनले भनेकी छिन्(“एउटा अँध्यारो युगको सुरूवात१ हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन। यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, क्ष्ऋग्, ख्भलतष्बितयच नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ। यो सत्ताको अपराधिकरण हो। यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनावरु जनताले हिसाबकिताब त पक्कै राख्नेछन्।”
