काठमाडौँ – नयाँ सरकार गठनबारे ठोस निर्णय लिन कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निवासमा माओवादी अध्यक्ष प्रचण्डसँगको भेटवार्तापछि देउवाले पदाधिकारी सुरु गरेका हुन्। राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार गठबन्धन सरकार गठन गर्न बिहीबार बेलुका ९ बजेसम्म समय दिएको अवस्थामा जसपा र माओवादी केन्द्रका नेताहरुसँग कुराकानी गरेपछि कांग्रेसले आन्तरिक छलफल सुरु गरेको हो।
बिहीबार बिहान देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महमतोसँग सरकार गठनका लागि सहयोग गर्न आग्रह गरे पनि अस्वीकार गरेका थिए। लगत्तै दाहाल र देउवाको छलफल भएको थियो, उनीहरुबीच जसपा सिंगैले सहयोग नगरेको खण्डमा सरकार बन्न नसक्ने निष्कर्ष निकालेर दाहार बाहिरिएका थिए। जसपाको महन्थ पक्षलाई अनेक प्रयत्न गर्दा पनि विश्वासमा लिन नसकेपछि कांग्रेस, माओवादी र जसापको उपेन्द्र यादव पक्षमा जम्मा १२४ जना मात्रै सांसद हुने भएका छन्।
बहुमतका लागि १३६ जना चाहिने भए पनि ठाकुरले आफूनिकट सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेपछि ७६ ९२० अनुसारको सरकार बनाउने देउवा दाहालको योजना लगभग विफल भएको छ।
एमालेको माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर तत्काल कायम रहेको संख्या घटाउन आशमा रहे पनि उक्त समूहको राजीनामा समेत अनिश्चित बनेको अवस्थामा कांग्रेसले परिस्थितिको ठोस मुल्यांकन गरेर निर्णय लिने एक नेताले जानकारी दिए।