• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाजुरामा एम्वुलेन्स नहुँदा विरामीलाई सास्ती

धनगढी: बाजुराको कोल्टीमा एम्वुलेन्स नहुँदा विरामीलाई सास्ती हुने गरेको छ । स्थानिय निर्वाचन सम्पन्न भई देश संघियतामा गई सके पछि नागरीकका धेरै अपेक्षा अहिले पनि पुरा हुन सकिरहेका छैनन । स्थानिय निर्चाचन सम्पन्न भएको यो असारमा चार वर्ष पुग्दै छ । कुनै स्थानिय तहले चार वर्षको अवधिमा नागरीकका चार वटा काम पनि पुरा गर्न नसकेको आरोप लाग्न थालेको छ ।

सामान्य विरामी हुँदा घर दैलोेमै उपचार पाउन नसकेका बाजुराका नागरीकले जटिल अवस्था हुँदा सुविधा सम्पन्न ठाउँमा जाने स्रोत साधान सम्म नपाउदा निकै सास्ती खेप्नु परीरहेको स्थानीयले बताएका छन् । अहिले स्थानिय विरामी हुँदा डोको अथवा स्टेचरमा ओसार पसार गर्नु पर्ने वाध्यता कायमै रहेको छ ।

बाजुराको विकट वस्तिका स्थानियलाई सडकको पुहच सम्म पुर्याउने जनप्रनिधिको पहिलो चुनावि घोषणा पत्रको एजेण्डा थियो । त्यो कत्तिको कार्यन्वयन भयो । दुर्गम वस्तिमा सडक पुर्याउने सपना त परै जावस कति पय दुर्गम ठाउँका स्थानिय विरामी हुदा गाडि सम्म पनि पाउन नसकेका समस्या जनप्रतिनिधिको चुनावि नाराले देख्न पाएको छैन ।

बुढीनन्दा नगरपालिकाको एम्वुलेन्स नभएकोले अन्य निजि गाडी संग हार गुहार गर्दा कसैले पनि लिन नमानेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी स्रोतले जनाएको छ । निजि गाडिहरुले कोरोना संक्रमितलाई बोक्न नमानेका कारण अहिले विरामीलाई कोल्टी मै राखेर उपचार सुरु गरेको जनस्वास्थ्य निरीक्षक शाहीले जानकारी दिए ।

यस अघि स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाले सञ्चालनमा ल्याएका एम्वुलेन्स पनि जिल्ला वाहिर रहेकाले रिफर गरिएका विरामीलाई मार्तडी पुर्याउन थप समस्या उत्पन्न भएको छ । कोभिड संक्रमित देखिएका विरामी दमको समेत विरामी भएकाले अवस्था जटिल भए पछि जिल्ला अस्पतालले मार्तडी पठाउन भने पनि कोल्टीमा एम्वुलेन्स नहुदा मार्तडी पठाउन समस्या भएको हो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सीजन सिलिन्डर सेवा सहितको ब्यवस्था नहुदा उहाँलाई तत्काल मार्तडी पठाउनु पर्ने अवस्था आएको स्वास्थ्य केन्द्र स्रोतले जनाएको छ ।

कोल्टीमा अक्सीजन सहितको ब्यवस्था नहुदा अहिले कोरोना संक्रमित विरामीलाई जिल्ला रिफर गर्ने गरीएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका जनस्वास्थ्य निरीक्षक ओमजङ्ग शाहीले बताए । नगरपालिकाले पुरानो ब्यारेकमा तयार गरेको १२ वटा अक्सीजन सिलिन्डर सहितको आइसोलेन जडान नगरेका कारण पनि यो समस्या आएको उनको भनाई छ ।

नगरपालिकाले आइसोलेसनमा जडान गर्नका लागि अक्सीजन सिलीन्डर ल्याए पनि जडान प्रक्रिया अगाडि नवढाईएकाले अक्सीजन सिलीन्डर नगरपालिकाको स्टोरमा थन्किएको बताईएको छ । यता बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक जसी विकले भने रिफरका लागि एम्वुलेन्स नहुदा समस्या भएको स्वीकार्दै आवश्यक ब्यवस्थापन गर्ने बताए ।

 

बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.