धनगढी, २२ वैशाख। बिणा ग्रामीण बिद्युत सहकारी संस्था लिमिटेड गौरीगंगा –६ बनबेहडाका अध्यक्ष युवा ब्यबसायी प्रकाश खड्काले आफ्नो ३१ औं जन्मदिनको अवसरमा धनगढी स्थित मानव सेवा आश्रमको खातामा ११ हजार १ सय ११ रुपैयाँ दान गरेका छन्।
कोरोना महामारीमा मानव सेवा आश्रममा आस्रितहरुका लागि खड्काले आर्थिक सहयोग गरेका हुन्।
महामारीको समयमा जन्मदिनको अवसर पारेर अर्थिक सहयोग गर्ने खड्कालाइ मानव सेवा आश्रमले धन्यवाद ज्ञापन गरेको छ।