काठमाडौं: लोक गायक प्रकाश सपुतलाई कोरोना पुष्टि भएको छ।
सपुतले शुक्रबार सामाजिक संजाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन्। धेरै शरिर दुख्नेरगल्ने,छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएु, उनले भने। उनले कोरोनालाई सामान्य नठान्न पनि आग्रह गरेका छन्।
कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौँ तर यसलाई सामान्य नठानौँ, उनले भनेका छन्, किनकी लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ। सतर्कता अपनाऊँ, सुरक्षित बसौँ, अहिले उनी आफ्नो घरमा आइसोलेट भएको बताएका छन्।
