धनगढी: सुदूरपश्चिम प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता डा.रणबहादुर रावलले काँग्रेस सरकारमा जान नहतारिएको बताएका छन् । ‘हामी यतिबेलासम्म प्रतिपक्षमा छौँ । सरकारमा सहभागी हुने विषयमा छलफलमा सहभागी भएका छैनौँ।
पार्टीले निर्देशन दिएमा स्थायित्व र स्थिरताका लागि सरकारमा सहभागी हुनेछौँ ।’ रावलले भने, ‘तर सरकारको नेतृत्व हामीले गर्ने शर्तमा मात्र सरकारमा सहभागी हुनेछौँ ।सरकारमा सहभागी हुनका लागि मात्र जाँदैनौँ ।’ उनले कुनै पनि पार्टीको नेतृत्वमा नेपाली काँग्रेस सरकारमा नजाने स्पष्ट पारे ।
