धनगढी: नेकपा एमाले कैलालीका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका पुर्ब सामाजिक बिकास मन्त्री दीर्घ सोडारीले कैलालीका २ निर्वाचन क्षेत्रमा चाडै निर्वाचन हुने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी एमाले घोडाघोडी नगर कमिटी द्वारा आयोजना गरेको नयाँ बर्ष २०७८ को सुभकामना आदानप्रदान कार्यक्रममा कैलाली ४ र ३ क्षेत्र नम्बर प्रतिनिधि सभाको जनप्रतिनिधि बिहिन रहेको बताउदै ६ महिना भित्र निर्वाचन हुने बताएका हुन् ।
सोडारीले भने, ‘४ र ३ का निर्वाचन क्षेत्र बाट माओवादी केन्द्र बाट निर्वाचित सान्सद लाई सोही पार्टीले निलम्बित गरेको छ, क्षेत्रहरु जनप्रतिनिधि बिहिन गराउन मिल्दैन, । निर्वाचन आयोगले तुरुन्तै निर्वाचन गराउनु पर्छ ।’
एमालेमा ओलि प्रवृत्ति अन्त गर्नु अहिलेको मुख्य आवश्यकता रहेको सोडारीले बताए । रगत पसिनाले बनाएको एमाले पार्टीमा स्वघोसित इन्चार्ज अध्यक्ष भन्नेहरु लाई कुनै पनि हालतमा स्वीकर्न नसकिने औल्याए ।
