धनगढी, फाल्गुन १२/ नेकपा दाहाल-नेपाल समूहका स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चितवनमा राममन्दिर बनाएर पुजारी राख्ने प्रस्ताव गरेका छन् ।
केही साताअघि चितवन पुगेका प्रधानमन्त्री ओलीले आमसभामालाई सम्बोधन गर्दै राममन्दिर बनाउने घोषणा गरेका थिए। चितवनबाट निर्वाचित तीन सांसदहरु पुष्पकमल दाहाल प्रचण्ड, सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेललाई लक्षित गर्दै ओलीले ‘खोइ तीन सांसदरु आजका दिनसम्म उनीहरुले के गरेरु’ भन्दै प्रश्न पनि गरेका थिए।
उक्त आमसभामै उनले चितवनको माडीस्थित अयोध्यापुरी भगवान रामको जन्मथलो भन्दै त्यहाँ मन्दिर बनाउने घोषणा गरेका थिए। ओलीको भनाइको प्रतिवाद गर्दै नेता पाण्डेले उनलाई बरु पुजारी बनाउने भन्दै कटाक्ष गरे।
म यहाँका मेयरलाई आग्रह गर्न चाहन्छु, माडीमा राममन्दिर बनाएर त्यसको पुजारी ओलीजी राखौँ, उनले भने, उहाँको संकिर्ण सोचबाट अब देश चल्न सक्दैन।’
सभामा नेता पाण्डेले ओलीतिर लागेका इमान्दार कार्यकर्तालाई आफ्नो समूहमा फर्किन पनि आग्रह गरे। ओलीको संकिर्ण सोचमा अल्मलिएर नबस्न पनि उनले अपिल गरे।