काठमाडौं, ११ फागुन/ कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला गरेपछि उनले फैसलालाई ऐतिहासिक भनेका हुन् ।
सभापति देउवाले ट्विट गर्दै सर्वोच्चको अदालतलाई स्वागत गरेका छन् । उनले लेखका छन्, “सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखिनै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिए । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद् पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ ।”
सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको सभापति देउवाको भनाइ छ । उनले संसद् पुनःस्थापनाको फैसला गर्ने सर्वोच्चका न्यायाधीशरुलाई धन्यवादसमेत दिएका छन् ।
“संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको छ,” सभापति देउवाले भनेका छन्, “यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालाशका न्यायाधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु ।”
सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ। 1/2
— Sher Bahadur Deuba (@SherBDeuba) February 23, 2021