धनगढी, फाल्गुन ११/ नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहका नेता गोकुल बाँस्कोटाले संसद् पुनर्स्थापना हुनै नसक्ने जिकिर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रसमेत रहेका पूर्वमन्त्री बाँस्कोटाले अब चुनावपछि मात्रै नयाँ संसद् बन्नेसमेत बताएका छन् । उनले सूर्य चिह्न ओली हुनेसमेत उनले दाबी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भनेका छन्, “अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित पार्ने हो भने मैले पनि लेखे ल १ एक (दुई (तीन संसद पुनःस्थापना हुँदैन । चुनावपछि नयाँ संसद बन्छ । साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ । किनभने वस्तुगत सत्यबाहेक बाँकी सबै भ्रम हुन् ।”
यसअघि विराटनगरमा पुगेर संसद् पुनर्स्थापना भए आन्दोलन हुने बताएका प्रधानमन्त्री ओलीले सोमबार कञ्चनपुर पुगेर मुलुकमा संसद् पुनर्स्थापना भएको अवस्थामा मुलुकमा अस्थिरता निम्तिने चेतावनी दिएका छन् ।
यसअघि नेकपाकै अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनर्स्थापना नभए मुलुकमा आन्दोलनको आँधिबेहरी आउने चेतावनी दिएका थिए ।
हाल संसद् विघटनविरुद्ध परेका १३ वटा रिटको सुनुवाइ सकिएर फैसलाको पर्खाइमा आम नेपाली रहेका छन् ।
अदालतमा विचाराधीन मुद्दालाई बाेलेर लेखेर प्रभावित पार्ने हाे भने मैले पनि लेखे ल !एक -दुई -तीन संसद पुनःस्थापना हुदैन चुनावपछि नयाँ संसद बन्छ।साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ।किनभने वस्तुगत सत्यवाहेक बाँकी सबै भ्रम हुन।प्रतिकृया त जे लाग्छ साे देऊ न।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 22, 2021