बाजुरा १० फागुन/ नेपाल महिला संघका पुर्व अध्यक्ष तथा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले महिला हिंसा, बलत्कार र हत्याको प्रमुख कारण गरीबी र चेतनाको कमी भएको बताएकी छन् । देशमा बढीरहेको महिला हिंसा तथा बलत्कार पछि हत्या जस्ता जघन्य अपराधलाई न्युनिकरणका लागि बुटवलबाट अभियान संचालन गर्दै बाजुरा पुगेकी डा. संग्रौलाले प्रेस युनियन बाजुराले सोमबार आयोजना गरेको पत्रकार सम्मेललनमा उक्त अभिब्यक्तिी दिएकी हुन् ।
पत्रकारले यौन हिंसा, महिला हिंसा र हत्याका घटना बढ्नुको प्रमुख कारण के हो ? भनी सोधेको प्रश्नको जवाफ दिँदै आफुहरुले लामो समय सम्म सञ्चालन गरेको अभियानको अध्ययन अनुसार गरीबी तथा चेतनाको कमी नै हिंसाको प्रमुख कारण भएको निष्कर्ष रहेको बताईन् । हत्या, हिंसा र बलत्कारलाई मुख्य एजेण्डा बनाई अभियान संचालन गर्दै आएकी नेतृ संग्रोलाले पत्रकारले सोधेका प्रश्नको जवाफ दिदैँ गरीबी तथा चेतनाको कमीले नै यस्ता जघन्य अपराधहरु हुँदै आएको र यसमा पनि ठुला बडाहरुको नै हात भएको पनि बताईन् ।
ठुलाबडाका आसेपासेले यस्ता यस्ता खालका घटनाहरु गर्ने र पंैसाको चलखेलमा अपराधी पत्ता नलाग्ने र लागे पनि निर्दोषले कारबाही भोग्नुपर्ने अवस्था सिर्जना हुने आफ्नो निष्र्कष रहेको उहांको अभिब्यक्ती थियो । सत्ता र शक्तीको आडमा प्रहरीको अनुसन्धान पनि फितलो हुने गरेको उहांको आरोप छ । ५० प्रतिसत हिंसा फितलो अनुसन्धान र पचास प्रतिसत हिंसा गरिवीका कारण सम्बद्ध निकायमा पुुग्न नपाई गाउँमै मिलोमतोको आधारमा मिलाउने गरेको उनले बताए ।
बाजुरा जिल्लामा आधारभुत पुर्वाधारहरुको किन विकास भएन? भन्ने प्रश्नको एक जवाफमा नेकपाका बाजुराकै नेता कर्ण थापाले के हेरिरहेका छन् । भन्ने प्रतिपश्न पनि गरेकी थिइन् । उनले पत्रकारले बाजुराका स्थानिय तहमा नेपाली काँग्रेसको बाहुल्यता भएपनि किन विकास भएन भन्ने प्रश्नमा बाजुरामा नेपाली काँग्रेसबाट आएका जनप्रतिनिधिले सक्दो प्रयास गरी विकासमा जुटीरहेको र कुनै स्थानिय तहमा नेकपाबाट आएका जनप्रतिनिधिले नै विकासमा बाधा पुगाएको र प्रदेश र संघमा नेकपाको सरकार भएकाले उनीहरुले विकासमा बाधक नबनी सहजीकरण गर्नुपर्ने प्रसंगमा नेकपाबाटका बाजुराका नेता कर्ण बहादुर थापा कँहा गएको र के गरिरहेको भनि प्रतिप्रश्न गरिनन् ।
संसद विघटनको विषयमा गरेको प्रश्नको जवाफदिदै उनले प्रधानमन्त्रीद्धारा संसद विघटनको सिफारिस पश्चात सोच्दै नसोची संसद विघटन गर्ने राष्ट्रपती विद्यादेवी भण्डारीलाई रबर स्ट्याम्प भएको उपनाम समेत लगाईन् । उनले जनताले दिएको जनादेशको आडमा कैँयौँ नेपालीहरुको रगतले बनेको संविधानको उल्लङघन गरी संसद विघटन गर्ने नेकपाको सरकार असफल सरकार भएको पनि बताईन् । निर्वाचनमा दुई पार्टी मिलेर सरकार आफ्नो हातमालिने र अहिले सरकारमा रहेका व्यक्तीलाई काम गर्न नदिई संसद विघटन गर्न बाध्य बनाउने माधव, प्रचण्ड पक्ष पनि सहि नभएको र कामगर्न दिइएन भन्ने कुरालाई अड्याएर संसद विघटन गर्ने प्रधानमन्त्री ओली गतल र असफल भएको प्रेस मिटमा जानकारी गराईन् ।
नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनमा नेपाल महिला संघका पुर्व अध्यक्ष तथा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौला प्रमुख अतिथि रहेकी थिइन् भने नेपाली काँग्रेस बाजुराका संगठन विभाग प्रमुख धनराज पण्डित, नेपाल महिला संघका कोषाध्यक्ष जानकी सिंह, नेपाल महिला संघका केन्द्रिय सदस्य निर्मला क्षेत्री, गिरिसा न्यौपाने लगायत विभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन प्रस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले गरेका थिए ।