धनगढी, फाल्गुन ८/ नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले सरकारले छोरीचेलीहरुको सुरक्षा गर्न नसकेको बताएकी छिन् । नेपाल प्रेस युनियन डोटीले शनिबार सिलगढिमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य डा। संग्रौलाले नेपाली छोरीचेलीहरुमाथि श्रृंखलाबद्धरुपमा बलात्कार र हत्या हुँदा समेत सरकारले अपराधीलाई कानूनी दायरमा ल्याउन नसकेको टिप्पणी गरिन् ।
उनले भनीन् ुहत्या, हिंसा र बलात्कार वर्तमान सरकाको उपहार जस्तो बनिरहेको छ। ‘हत्या, हिंसा र बलात्कार, ओली सरकारको चमात्कार’ जस्तो भइरहेको छ।ुबलात्कारपछि हत्या गरिएकी भागीरथी भट्ट,निर्मला पन्त, सम्झना कामी लगायत दर्जनौ अपराधीलाई तत्काल कानूनी कठ्घरामा ल्याई कडा सजाय दिन माग गरिन् ।
देशको शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको जिकिर गर्दै डा। संग्रौलाले संविधान, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै उनले कानूनलाई टेकेर सर्वोच्च अदालतले उचित न्याय निरुपण गर्ने विश्वास समेत व्यक्त गरिन् ।
अवैधानिक सरकारले संवैधानिक परिषद्लाई कब्जामा लिएर गरेको असंवैधानिक नियुक्ति काँग्रेसलाई मान्य नभएको उनको स्पष्टोक्ति छ । नेपाली जनतालाई करको भारी बोकाउने सरकार जनप्रिय हुनै नसक्ने भन्दै उनले कोरोना कहरमा पनि भ्रष्टाचारको आहालमा डुबेको सरकार सर्वत्र बदनाम भएको टिप्पणी गरिन् ।
नेपाली काँग्रेसको १४ औं महाधिबेसनका विषयमा बोल्दै नेतृ डाक्टर संग्रौलाले पार्टीभित्र एक तिहाई महिला प्रतिनिधित्व भएपनि अब नेतृत्व वा पदाधिकारीमै महिला सहभागिताका सुनिश्चितताका लागि आफूहरु लडिरहेको बताइन् । उनले भनिन्–‘काँग्रेसको १४ औं महाधिबेसन हुनुपर्छ । पार्टिमा एक तिहाई प्रतिनिधित्व होइन्, एक तिहाई नेतृत्व चाहिन्छ ।’
पत्रकार प्रश्नमा बोल्दै बर्तमान सरकारले निर्वाचन गर्छु भनेर प्रचार गर्नु ढवाङ्ग पिटे जस्तै हो संग्रौलाले भनिन् । मुलुकमा आन्तरिक र बाह्य चलखेल बढेको कारण मुकाकको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्बभौमिकता र स्वाधिनतामा गम्भीर असर परेको उनले बताइन् ।
केपी ओलीले खोक्रो राष्ट्रवाद र समृद्धिको टोपी लगाएर सुरु गरेको यात्रा बीचमै तुहिएको उनको भनाइ छ । शुखि नेपाली समृद्ध नेपाल नारा दुःखी नेपाली, अस्थिर नेपालमा परिणत भएको बताउँदै केन्द्रीय सदस्य संग्रौलाले घर घरमा ग्यासको पाइप, पानि जहाज , रोजगारीको नारा झूटा साबित भएको बताइन् ।दूर दराजका जनतालाई पानी जहाज रेल भन्दा शिक्षा , स्वास्थ्य र रोजगार आजको आवश्यकता भएको उनको भनाइ छ ।
नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेस डोटी सभापति प्रदीप कुमार देउवा , नेपाल महिला संघकी कोषाध्यक्ष जानुका सिंह, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सचेतक निर्मला क्षेत्री, नेपाल महिला संघकी केन्द्रिय सदस्य गिर्जा न्यौपाने, पार्टी सचिव नारायण जोशी, नेपाल महिला संघ डोटीकी सभापति माया कुवर लगायत नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।