धनगढी, फागुन ७/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई विश्वास गर्न आग्रह गरेका छन् ।
कांग्रेस नुवाकोटले शुक्रबार आयोजना गरेको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतको विश्वास गर्न पनि पार्टीका नेताहरुलाई आग्रह गरे ।
उनले भने, “अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत हटाइदिए भयो त । जसले बढी धक्म्याउछ उसको कुरा माने भइहाल्यो नि । अदालतलाई विश्वास गरौं न प्लिज । अदालतलाई विश्वास नगरे कसलाई विश्वास गर्ने र ?”
“संविधान सम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालत बाहेक को छ यहाँ रु कोही छ रु कोही छ, यहाँ र ?,” प्रश्न गर्दै उनले भने, “अदालतलाई विश्वास गरौं न । अदालतलाई विश्वास नगरेर कसको गर्ने यहाँ र ?”
सभापति देउवाले विगतमा प्रचण्डले अदालतलाई धम्याएर काम गर्ने गरेको आरोप लगाउँदै कांग्रेसले तत्कालीन माओवादीले जस्तो अदालतलाई धम्की दिन नसक्ने जिकिर गरे । “हिजो प्रचण्डहरुले अदालतलाई धम्क्याएर काम गराउँथे । आज हामी पनि त्यही काम गर्ने धम्क्याएर र ?,” उनले प्रश्न गरे ।