• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘युनियनको जिल्ला शाखाको निर्णय मात्र आधिकारिक हुने ’ : सिग्देल

धनगढी, माघ २६/ नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले अब हरेक जिल्लाका अध्यक्षको नेतृत्वमा भएको निर्णयलाई मात्र मान्यता दिईने बताएका छन् । पत्रकार महासंघको आगामी अधिवेशनमा कसलाई अघि बढाउने भन्ने निर्णय जिल्लाको हकमा जिल्ला शाखाले नै गर्ने बताएका हुन् । सोमवार कैलालीको धनगढीमा नेपाल प्रेस युनियन कैलाली शाखाले आयोजना गरेको भेटघाट कार्यक्रमा वोल्दै अध्यक्ष सिग्देलले सो कुरा बताएका हुन् ।

जिल्लामा पत्रकार महासंघ भित्र आफ्नो नेतृत्व ल्याउन युनियनका शाखाहरु अन्य संगठनलाई मिलाएर लैजाने, नलैजाने वा एक्लै नेतृत्व गर्ने सम्पुर्ण अधिकार जिल्ला शाखालाई नै हुने बताए । ‘केन्द्रमा जस्तै प्रदेश र जिल्लामा युनियनका शाखाहरु सबै संगठनलाई समेटेर नेतृत्वदायी भुमिका खेल्नुपर्छ, तपाईहरु युनियनको जिल्लाको खम्बा हो, सोही प्रकारले नेतृत्वदायी भुमिका खेल्नुस्,’ उनले भने । कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देले केन्द्र र प्रदेशको हकमा कुन संगठनसंग मिल्ने निर्णय भने केन्द्रले नै गर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले नेपाल पत्रकार महासंघलाई साझा चरित्रको संगठन बनाउन युनियनको नेतृत्वमा सबैलाई समेट्ने बताए । प्रेस युनियन लोकतन्त्रवादी पत्रकारको संगठन भएको स्मरण गराउँदै पछिल्लो मुलुकको राजनीतिक घटनाक्रमबाट लोकतन्त्र नै अप्ठ्यारो अवस्थामा परेको र पत्रकारिता क्षेत्र पनि अछुतो नरहेको बताए । कतिपय सञ्चार माध्यमले पत्रकारलाई न्युनतम पारिश्रमिक उपलब्ध गराउन नसकेको बताउँदै पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउन प्रेस युनियनले वकालत गर्दैै आएको स्मरण गराए। ‘प्रेस युनियन पत्रकारको पक्षमा सधैं दृढ रुपले प्रस्तुत हुन्छ,’ उनले भने । कोरोना भाईरसकोभिड–१९ महामारीको बहानामा केही सञ्चार माध्यमले पत्रकारलाई कामबाट निस्काशन गर्ने, बेतलबी विदामा बस्न लगाउने काम गरेको भन्दै युनियनले त्यसको कडा रुपमा प्रतिवाद गर्ने बताए । ‘विगतमा हामी पीडीत पत्रकारको पक्षमा बोल्दै आएका छौं, अझैपनि हामी प्रतिवाद गर्न तयार छौं,’ सिग्देलले भने ।

सो क्रममा बरिष्ट पत्रकार मनमोन स्वार , लागायत प्रेस युनियनका बिभिन्न वक्ताहरुले प्रेस युनियनले अब एकजुट भएर पत्रकार महासंघको नेतृत्वदायी भूमिका निर्वाह गर्दै जानु पर्नेमा जोड दिएका थिए । कार्यक्रम नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सोमबार, माघ २६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.