धनगढी, माघ २५/ कैलालीको गौरीगंगा नगरपालिका २ स्थित मालिका माध्यामिक विद्यालयको अभिभावक भेला आइतबार सम्पन्न भएको छ । भेलाको पूर्वसुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक बिकास मन्त्री दीर्घ सोडारीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन ।
कार्यक्रमको उद्घाटन गर्दै सोडारीले विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिनु पर्ने बताए । संविधानले मा.बी सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको भए पनि लागू हुन नसकेकोमा चिन्ता समेत व्यक्त गरे ।
सोडारीले रक्तरन्जित संविधान लाई कसैले कु गर्न नसक्ने बताए । जनयुद्ध र जनान्दोलनमा हजारौं मानिसको रगतले संविधान आएकोले ओलि प्रतिगमनको विरुद्ध जनता फेरि रगत बगाउन तयार रहेको सोडारीले बताए । सोडारीले भने अब जनता चुप लाग्दैन्न ।